Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • छिटो जन्ती निकालेको भन्दै ५० लाख क्षतिपूर्ति माग

    छिटो जन्ती निकालेको भन्दै ५० लाख क्षतिपूर्ति माग

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ ।

    त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् । बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । समाचार अनुसार भारतको हरिद्वारमा उक्त घटना भएको हो ।



    स्थानीय बहादुरवाद गाउँका रवि नामका युवाको बिहेको जन्ती निर्धारित समयभन्दा अगावै निस्किएपछि त्यसको झोँकमा उनका साथीले मुद्दा हाले र ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् । बिहेको कार्डमा बेलुकी ५ बजे जन्ती निस्कने समय तोकिएको थियो । पाहुनाहरु पनि सोही समयमै बेहुलाको घरमा पुगे ।



    तर बेहुला सहितको जन्ती त अगाडि नै निस्किसकेको रहेछ । त्यसपछि जन्ती जानका लागि पुगेका पाहुनाहरु रिसले आगो भए । बेहुलाकै कारण आफ्नो अपमान र मानहानी भएको र आफुलाई अपूरणीय क्षति पुगेको भन्दै उनले बेहुला रवि विरुद्ध मानहानीको मुद्दा हालेका छन् ।
    चन्द्रशेखरले बेहुलासँग ५० लाख भारु क्षतिपूर्तिको माग पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार