Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

    वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँद्वारा वैदेशिक रोजगारीमा क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ ।

    आव ०७७÷७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई (सामी)ले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।



    वैदेशिक रोजगारमा गएका कामदार र उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ ।



    आव ०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार