Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा धेरै खेल जित्ने योजना छ : सन्दीप लामिछाने

    अमेरिकामा धेरै खेल जित्ने योजना छ : सन्दीप लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 861
    SHARES

    काठमाडौँ।नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीले अमेरिकामा धेरै खेल जित्ने योजना बनाएको बताएका छन् ।

    टिमको सन्तुलन राम्रो भएको र तयारी पनि राम्रो भएका कारण उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए । सन्दीपले लिग टू अन्तर्गत धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको बताए ।



    सन्दीपले अघिल्लो चरण पुग्न धेरै चुनौतीहरु रहेको बताए । त्यस्ता चुनौतीहरु सामना गर्न टिम तयार रहेको उनले बताए । पहिले बलियो भएकाले पनि टिमको प्रदर्शनमा सुधार आउने उनको भनाई छ ।



    पहिलोपटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार