Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उच्च अदालतले दियो सन्दीपलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति

    उच्च अदालतले दियो सन्दीपलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

    बिहीबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको हो ।



    बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।



    बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार