Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्व डीआईजी रन्जन कोइराला कारागार चलान

    पूर्व डीआईजी रन्जन कोइराला कारागार चलान

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि पुनः पक्राउ परेका पूर्व नायव डीआईजी रन्जन कोइराला कारागार चलान भएका छन् ।

    कोइरालालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिनुभयो ।



    कैद घटाएपछि रिहा भएका कोइराला सर्वोच्च अदालतले गत बिहीबार फैसला उल्टाएपछि फरार भएका थिए । त्यसको भोलिपल्ट शुक्रबार अपराध अनुसन्धान कार्यालयले उनलाई बानेश्वरबाट पक्राउ गरेको थियो ।



    बिहीबार सर्वोच्च अदालतले कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य जानको मुद्दामा जन्मकैद हुने फैसला सुनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार