Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘आईफा अवार्ड २०२२’ मा अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित

    ‘आईफा अवार्ड २०२२’ मा अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 993
    SHARES

    एजेन्सी । अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।

    अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् । कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् ।



    इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।



    पंकज त्रिपाठी, सई तम्हनकर, अहान शेट्टी, शरवरी वाघ, जुबिन नौटियाल, असीस कौर, ऐआर रहमालगायतले समेत समारोहमा अवार्ड हात पार्न सफल भए । ३ दिन आयोजित अवार्डमा बलिउडका थुप्रै सेलिब्रेटीले धमाकेदार प्रस्तुति राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार