Online Nepal
  • बुधबार, २० मंसिर २०८०
  • ‘यो नेपाली शीर उचाली’मा विक्की कौशलको खुकुरी नाच

    ‘यो नेपाली शीर उचाली’मा विक्की कौशलको खुकुरी नाच

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 444
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ मा बलिउड अभिनेता विक्की कौशलले नृत्य प्रस्तुत गरेका छन्।

    विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाचेका छन्।



    भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ।



    फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ। लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका हुन्।

    जसमा विक्कीसँगै गोर्खा रेजिमेन्टका जवानहरु पनि नाचिरहेका देखिन्छ। विक्कीले सामाजिक सञ्जालमा ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीतको अंश साझा गरेका छन्।

    फेसबूक तथा इन्स्टाको रिलमा पनि गीतको भिडियो सेयर गर्दै विक्कीले खुकुरी समात्दा आफूलाई गौरव महसुस भएको बताएका छन्।

    फिल्ममा विक्कीले मनेकसवाकै भूमिका निर्वाह गरेका छन् । मेगना गुल्जार निर्देशक रहेको यो फिल्म डिसेम्बर १ मा प्रदर्शन हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार