Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • क्रोएसिया पठाइदिने भन्दै दुई लाख लिएर फरार भएका दाहाल प्रहरीको फन्दामा

    क्रोएसिया पठाइदिने भन्दै दुई लाख लिएर फरार भएका दाहाल प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएर फरार भएका एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–२० का घर भइ हाल काठमाडौं महानगरपालिका–१० बस्दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेको प्रहरीले जनाएको छ ।



    उनलाई बिहीबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको हो । उनले अजय वाइवालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएका थिए ।



    रकम लिएपछि फरार भएका दाहालविरुद्ध वाइवाले आफू ठगीमा परेको भन्दै जाहेरी दिएका थिए ।

    थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको महानगरीय अपराध अनुसन्धान विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार