Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमालेको अवरोधका बीच अर्थमन्त्री शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन सभामुखले दिए समय

    एमालेको अवरोधका बीच अर्थमन्त्री शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन सभामुखले दिए समय

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।

    बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ ।



    बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए ।



    लगतै एमाले सांसदहरुले उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका छन् । एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार