Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो प्रतिनिधिसभाको बैठक बहिष्कार

    अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो प्रतिनिधिसभाको बैठक बहिष्कार

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 951
    SHARES

    काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रि जनार्दन शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताएका हुन् ।



    अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आशा गरेको तर त्यो नआएको उनको भनाइ थियो । त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको उनको भनाइ थियो ।



    उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाए ।

    राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार