Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भूतपूर्व गोर्खाको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

    भूतपूर्व गोर्खाको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ।

    गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो।



    वार्ताको वातावरण बनाउन बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ।



    छलफलमा उपनियोग प्रमुख , मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार