Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गाँजासम्बन्धि विधेयक रोकिएको बारे सांसद तामाङको प्रश्न विधेयकमा किन छलफल भएन ?

    गाँजासम्बन्धि विधेयक रोकिएको बारे सांसद तामाङको प्रश्न विधेयकमा किन छलफल भएन ?

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 948
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् ।

    आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयकमा अहिलेसम्म किन छलफलमा नल्याएको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।



    बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता गरेको ८ सय ९६ दिन भइसकेको भन्दै सो विधेयक अघि बढाउन माग गरे ।



    सांसद तामाङले गाँजा खेतीबाटै नेपाल समृद्ध हुनसक्ने भन्दै गाजा नियमनसम्बन्धी विधेयक २०७६ फागुन १९ गते संसद सचिवालयमा दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार