Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल टेलिकमले घटायो इन्टरनेटको मूल्य

    नेपाल टेलिकमले घटायो इन्टरनेटको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 882
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो ।

    गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २,५०० रहेकामा अब रु १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ ।



    ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महसुल दर रु. १,५०० कायम गरिएको टेलिकमले जनाएको छ।

    इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु. २,७०० रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु। २,४०० रहेकोमा अब . २,१०० / १०० एमबीपीएस भन्दा बढीको रु.२,१०० रहेकोमा अब रु.१,८०० कायम गरिएको छ । नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार