Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुविना गिरी मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या भएको पुष्टि, २ जना पक्राउ

    सुविना गिरी मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या भएको पुष्टि, २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1K
    SHARES

    रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भाञ्ज २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो ।



    शव परीक्षण रिपोर्टमा झुण्डिएको नभई घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए ।



    सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार