Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पेट्रोलियम कर ५० प्रतिशतले घटाउन संसदीय समितिको निर्देशन

    पेट्रोलियम कर ५० प्रतिशतले घटाउन संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौं । पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा सरकारले लिँदै आएको आएको कर ५० प्रतिशत घटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ ।

    शुक्रबार बसेको समितिको छलफलले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।



    अहिले सरकारले भन्सार तथा प्रज्ञापन पत्र शुल्कबापत् २५ रूपैयाँ २३ पैसा, सडक मर्मत कर ४ रूपैयाँ, प्रदूषण कर एक रूपैयाँ ५० पैसा, पूर्वाधार कर १० रूपैयाँ, मूल्य अभिवृद्धि कर २२ रूपैयाँ ८९ पैसा लिँदै आएको छ ।



    समितिले छलफलपश्चात् विभिन्न शीर्षकमा लिँदै आइएको कर घटाउन अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई लिखित निर्देशन दिएको छ ।

    समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न उपायको खोजीको गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार