Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने एकीकृत माओवादीको घोषणा

    कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने एकीकृत माओवादीको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत माओवादी) ले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने घोषणा गरेको छ ।

    एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महँगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए ।



    उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरू आफूहरूले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे । त्यसैगरी माओवादीले नेपाली नागरिकको गोपनीयता, राष्ट्रिय स्वाधीनता, नेपाली आर्ट मजदुरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न सरकारसँग माग गरेको छ ।



    त्यस्तै, बढ्दै गएको भ्रष्टाचार, यौन हिंसाका घटना, मिटर ब्याजीविरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरेको बताउँदै प्रवक्ता शाहीले बेवास्ता गरे बाध्य भएर जनकारबाही गर्ने चेतावनी समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार