Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • समाजवादीबाट नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने मन्त्रीहरूको छुट्टै सूची तयार

    समाजवादीबाट नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने मन्त्रीहरूको छुट्टै सूची तयार

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तीन साताअघि पार्टी सचिवालयले सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णयमा मन्त्रीहरूले परिवर्तन हुने नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छ ।

    यसअघि एकीकृत समाजवादी पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची मन्त्रीहरूले प्रस्ताव गरेका हुन् । उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिए ।



    पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यसैगरी जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।



    तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् ।उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार