Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारका ३ मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

    सरकारका ३ मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 996
    SHARES

    काठमाडौं । सरकारका ३ मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच सिंहदरबारमा छलफल भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



    छलफलमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।



    कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुक्मिणी चौधरी सहभागी थिए ।

    थारु कल्याणकारीणी सभाले सरकारसँग राखेका मागका सम्बन्धमा छलफल भएको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार