Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

    चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 774
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार एकैदिन चट्याङ लागेर देशभरि ७ जनाको मृत्यु भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १४ गते एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो।



    रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा तीन पुरूष, दुई महिला र दुई बालकको मृत्यु भएको हो।



    वैशाख यता भएका विभिन्न प्राकृतिक विपत्तीमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार