Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई शेखरको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?

    प्रधानमन्त्रीलाई शेखरको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन् ।

    बिहीबार काठमाडौंमा आफूनिकट नेताहरुसँगको छलफलमा नेता कोइरालाले यस्तो बताएका हुन् । अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री जर्नादन शर्मा आरोपित छन ।



    अर्थ मन्त्रीलाई किन कारबाही नगरेको ? के स्वार्थ छ भन्दै उनले प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्तै उनले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दुःखद भएको बताए ।



    नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार