Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विमानस्थल अवलोकन गर्न सत्तासाझेदार दलका शीर्ष नेता आज निजगढ जाँदै

    विमानस्थल अवलोकन गर्न सत्तासाझेदार दलका शीर्ष नेता आज निजगढ जाँदै

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 777
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तासाझेदार दलका शीर्ष तीन नेता आज प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न जाँदै छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बाराको निजगढ जान लागेका हुन् ।



    प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार थियो ।



    निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ सार्वजनिक गरेको छ ।

    त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार