Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निजगढ विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउने

    निजगढ विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 684
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न सरकारले १० सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‌मा पेस गरेको प्रस्ताव अनुसार निजगढमै विमानस्थल बनाउन विज्ञ समूह गठन गरिएको हो।



    नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहमा पूर्वसचिव रामेश्वर खनाल, सूर्यराज आचार्यसहित वन तथा वातावरण विज्ञ, समाजशास्त्रीलगायत प्रतिनिधि रहेका छन्।



    विज्ञ समूहलाई ३० दिनभित्र अध्ययन सकेर प्रतिवेदन बुझाउने सयम दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार