Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

    मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 621
    SHARES

    मोरङ । श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिएको हो।



    शुक्रवार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीय श्रीमती बबिता मल्लिकालाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए।



    घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा आज बिहान मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार