Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मोरङमा धम्क्याएर रकम असुल गर्न खोज्ने दुई जना पक्राउ

    मोरङमा धम्क्याएर रकम असुल गर्न खोज्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 681
    SHARES

    मोरङ । धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए ।



    शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका-६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार