Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं-५ बाट प्रतिनिधिसभा चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

    काठमाडौं-५ बाट प्रतिनिधिसभा चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छन् ।

    विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जुले सामाजिक सञ्जालमार्फत आफू काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने आधिकारिक रूपमा जानकारी गराएकी हुन् ।



    २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शनिबार राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।



    ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, रञ्जुले शनिबार राति फेसबुकमा लेखेकी छन्,‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ।’

    उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार