Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पढाउन इच्छुक छु, अवसर भए खबर पाउँ : रञ्जु दर्शना

    पढाउन इच्छुक छु, अवसर भए खबर पाउँ : रञ्जु दर्शना

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले शिक्षण पेशामा आउन चाहेको बताएकी छिन् ।

    शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने आफ्नो इच्छा रहेको उल्लेख गर्दै उनले कक्षा ११ र १२ का विद्यार्थीलाई सामाजिक विज्ञान अध्ययन गराउन उत्सुक रहेको जनाएकी हुन् ।



    उनले लेखेकी छन्, ‘म कक्षा ११ र १२ को विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउन निकै नै उत्सुक छु। यदि तपाईँको संस्थामा त्यस्तो ठाउँ या अवसर छ भने भेटेर छलफल गरौँ । म सामाजिक विज्ञान सम्बन्धित विषयहरूमा अतिथि व्याख्यानको लागि पनि उपलब्ध छु ।’



    महासचिवमा दर्शनाले आफ्नो उत्साहको बाटोमा हिँड्ने निर्णय गरेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार