Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ठगी मुद्दामा चोलेन्द्रका भाइ प्रभुशमशेर तानिदैं, प्रहरीद्वारा निगरानी

    ठगी मुद्दामा चोलेन्द्रका भाइ प्रभुशमशेर तानिदैं, प्रहरीद्वारा निगरानी

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सिभिल सहकारीको ठगी मुद्दाको घुस लेनदेनको अडियो प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा पनि छानबिनमा तानिएका छन् । न्याय परिषद्ले गरेको प्रारम्भिक छानबिनमा यसमा मध्यस्तकर्ताका रुपमा प्रभुशम्शेर देखिएका छन् । जसकारण उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको छ ।

    आठ अर्बको ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छाड्न त्यतिबेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच डिल भएको अडियो सार्वजनिक भइसकेको छ ।



    जसमा प्रधानन्यायाधीश राणामार्फत आफुले जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई भन्न लगाउने कुरा पोखरेलले गरेका थिए । पोखरेल राणानिकट व्यक्ति थिए । त्यस विषयमा पोखरेलले प्रभु शमशेरसँग समेत कुराकानी गरेको स्रोत बताउँछ । पोखरेल र प्रभु दुवै जना प्रधान्यायाधीशविरुद्धको आन्दोलनलाई निष्क्रिय बनाउने गोप्य टिममा थिए ।



    राणा र उनको गिरोहमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन चलिरहेको छ । विभागले प्रभु शमशेरलाई समेत छानबिनको दायरामा तानेको छ । राणा प्रधानन्यायाधीश भएपछि उनले अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेका थिए । नयाँ बानेश्वरको आइप्लेक्स मल उनकै हो । अन्य दर्जनौं ठाउँमा घर जग्गा जोडेका छन् ।

    जबकि त्यसअघि उनी टाट पल्टिने अवस्थामा पुगेका थिए । सर्वोच्च अदालतमा ठूला मुद्दाको सेटिङमा राणा आबद्ध थिए । आइप्लेक्स मलमै बसेर मुद्दा जिताइदिने भन्दै उनले बार्गेनिङ गरेको उजुरीसमेत परेका छन् । उनी विदेश भाग्न सक्ने भएकाले रोक्नका लागि समेत मौखिक रुपमा प्रहरीमा जानकारी आएको प्रहरी उच्च स्रोत बताउँछ ।

    न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति बनेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग समेत बयान लिने तयारी गरेको स्रोत बताउँछ ।

    उता, अधिवक्ता पोखरेल भने फरार भएका छन् । रातारात कार्यालयसमेत सारेका उनी बयान दिन नजाने रणनीतिमा छन् । निलम्बित प्रधानन्यायाधीश राणालगायतलाई जोगाउन उनी फरार भएका हुन् । (दृष्टि साप्ताहिकबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार