Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै, अझै ६० प्रतिशत समस्याग्रस्त

    पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै, अझै ६० प्रतिशत समस्याग्रस्त

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा औद्योगिक क्षेत्रमध्ये ३९.९ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ ।

    केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ ले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । अझै ६०.१ प्रतिशत उद्योग विविध कारण समस्याग्रस्त अवस्थामा छन् ।



    यसैगरी, यस अवधिमा १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३४ उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको सो अध्ययनले देखाएको छ ।



    यसरी पूर्णक्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण (४६ प्रतिशत), कच्चा पदार्थको अपर्याप्तताका कारण (१० प्रतिशत), स्रोतको कमीका कारण (८ प्रतिशत), सीपमूलक कामदारको अभावका कारण (८ प्रतिशत) लगायत मुख्य कारण रहेको सो तथ्यांकले देखाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार