Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ नेता जियान्चाओबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ नेता जियान्चाओबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 747
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । उनले आइतबार अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।

    भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ । परराष्ट्रमन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो । यसअघि जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरिसकेका छन् ।



    विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौं आएका हुन् । लिउलाई आइतबार बेलुकी परराष्ट्र मन्त्री खड्काले रात्रीभोज दिँदैछन् छन् । विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने छन् ।



    उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा नेकपा एसका अध्यष नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई होटलमा भेट्ने कार्यक्रम रहेको छ । तर कुन होटलमा भेट्ने भन्ने बारेमा सार्वजनिक गरिएको छैन । लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार