Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आइसिसी विश्वकप लिग–२ मा नामिबियाको सामना गर्दै नेपाल

    आइसिसी विश्वकप लिग–२ मा नामिबियाको सामना गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 792
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाको सामना गर्दैछ ।

    नेपाल र नामिबियाबीचको खेल अपरान्ह ३ः१५ देखि सुरु हुनेछ । विश्वकप लिग–२ को सिरिजमा नेपालले नामिबियासँग पहिलोपटक खेलिरहेको हो । सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा बुधबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।



    विश्वकप लिग–२ मा हालसम्म नेपालले १६ म्याच खेलेको छ । जसमा सातमा जित र आठ खेलमा हार बेहोरेको छ । एक खेलमा नेपालले अंक बाँडेको छ ।



    हाल नेपाल १५ अंकसहित पाँचौँ स्थानमा छ । नामिबियाले १५ मध्ये सातमा जित र आठ खेलमा हार बेहोरेको छ । नामिबिया तालिकाको छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार