Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नागरिकता विधेयकबारे गृहमन्त्री खाँण र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    नागरिकता विधेयकबारे गृहमन्त्री खाँण र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 837
    SHARES

    काठमाडौं । सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

    सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको हो । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो ।



    राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।



    सोही विधेयकमा सहमति जुटाउनका लागि सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार