Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

    बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 864
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नती भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

    नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।



    सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदहरुमा तत्कालै बढुवा गर्ने गरी कार्य भइरहेको जानकारी दिए ।



    उनले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिए । उनले राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दै ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशिल रहने विश्वास समेत व्यक्त गरे ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाइने चर्चा गरे । उनले सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार