Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • श्रम मन्त्रालयले स्थानीय तहलाई भन्यो – प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउनू

    श्रम मन्त्रालयले स्थानीय तहलाई भन्यो – प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउनू

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।

    मन्त्रालयले स्थानीय तहमा नियुक्त भएका करारको रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानूनी प्रकृया अनुसार बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो ।



    नयाँ जनप्रतिनिधि आएपछि यसअघि जनप्रतिनिधिले राखेका करारका कर्मचारीको म्याद साउन १ गतेदेखि स्थानीय सरकारहरूले थप गरेका थिएनन्।



    करार नवीकरण गर्नुपर्नेमा कर्मचारीको म्याद भंग गरेपछि स्थानीय तहहरूमाथि प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रश्न उठाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार