Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बजेट दुरुपयोग गरेको आरोप

    ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बजेट दुरुपयोग गरेको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् ।

    शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १९/२० अर्ब रुपैयाँ रकमको व्यापक दुरुपयोग भएको छ । यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।”



    ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपरी ढंगबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो ।



    प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको बताए । कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए ।

    उनले ओली सरकारका पालमा कैयौँ अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको बताए ।भ्रष्टाचार, अनियमितता तथा कम्युनिस्ट सरकारका अनेक ज्यादतीका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए ।

    उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न पनि आग्रह गरे । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार