Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रम, पुनर्संरचना गरी लैजाने तयारी

    प्रधानमन्त्री रोजगार कार्यक्रम, पुनर्संरचना गरी लैजाने तयारी

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 342
    SHARES

    काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका अनुसार आउँदो आवदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।



    मन्त्रालयका अनुसार उक्त कार्यक्रमलाई पुनर्संरचना गर्ने निर्देशिका गत वर्ष नै जारी भए पनि गत वर्ष यस कार्यक्रमका लागि बजेट घटेकाले उक्त निर्देशिका कार्यान्वयनमा जान सकेको थिएन ।

    यो वर्ष भने यसलाई सुरुदेखिनै कार्यान्वयनमा जाने गरी तयारी भएको मन्त्रालयले तयारी गरेको जनाएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार