Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने

    सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 423
    SHARES

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन हुने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको हो ।



    मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले दिएको जानकारी अनुसार निर्देशक समितिको बैठकबाट आउँदो आर्थिक वर्षदेखि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।



    आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रूपमा सञ्चालन गर्न तीनै तहको सरकार, रोजगारदाता, विषयगत सङ्घ संगठन, सीप विकास प्रतिष्ठान लगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार