Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढ्दै

    एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढ्दै

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ।

    त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।



    नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि पोखरा ९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो।



    शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ।

    लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार