Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

    एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङ रहेका छन्। उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।



    काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



    पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार