Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एटीएम तोडफोड कार्यमा संलग्न दुईजना प्रहरीको फन्दामा

    एटीएम तोडफोड कार्यमा संलग्न दुईजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 975
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गर्ने पारस ठकुरी र चन्द्र तामाङ पक्राउ परेका छन् ।



    दैलेख घर भएका २३ वर्षीय ठकुरी र दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको जनाएको छ ।



    एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार