Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • तीन एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

    तीन एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 417
    SHARES

    काठमाडौं । पोखरामा रहेका तीनवटा बैंकको एटीएम फोडेर चोरी गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा उदयपुर जिल्ला गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भइ हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ स्थायी घर भइ पोखरा १७, छोरेपाटनमै बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन् ।



    कास्की प्रहरीका अनुसार उनीहरुले गए राति अर्थात् फागुन ९ गते राति १२ः१० बजे पोखरा १० रामबजारमा रहेको एनआइसी एसिया बैंक, बिहान १ः२२ मा रामबजारमै रहेको नेपाल बैंक लिमिटेड र सांग्रिला बैंक लिमिटेडेको एटीम मेसिन फोड्ने प्रयत्न गरेका थिए ।



    प्रहरीका अनुसार उनीहरुले त्यहाँ राखिएको सीसी क्यामेरालाई कागजले छोपेर एटीएम मेसिन फोड्न ढुंगाले हानेका थिए ।उनीहरुमाथि चोरी तथा डाँकासम्बन्धी कसूरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार