Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पैसा नआएपछि एटिएम मसिनमा लात हान्ने विद्युतका दुई कर्मचारी पक्राउ

    पैसा नआएपछि एटिएम मसिनमा लात हान्ने विद्युतका दुई कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.4K
    SHARES

    सांकेतिक तस्विर

    कैलाली । कैलालीमा एटीएम तोड्न खोज्ने जना पक्राउ परेका छन् । शुक्रबार मापसे गरी एटिएम मसिनमा पैसा नआएको भन्दै उनीहरूले लात्ती हानेका थिए ।

    इलाका प्रहरी कार्यालय मालाखेतिका अनुसार कार्यालयका सिविल इन्जिनियर सिद्धसिंह साउद र प्राधिकरणमा कार्यरत सवारी चालक भानसिंह कठायतलाइ पक्राउ गरिएको हो ।



    उनीहरुले शुक्रबार अत्तरियाकै सिद्धार्थ बैंकको एटीएममा तोडफोड गरेका थिए। मदिरा सेवन गरेका दुवैजनाले पैसा निकाल्न गएको र पैसा ननिस्किएपछि एटीएममा लात हानेको स्वीकारेका छन्।



    उनीहरु नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार