Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने

    कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

    सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडिङ) विधि लागू भयो ।



    तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो । कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ ।’



    लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ ।

    सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी ९नन ग्रेडेड० लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार