Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार : मुख्यमन्त्री राउत

    उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार : मुख्यमन्त्री राउत

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 900
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार रहेको बताएका छन् ।

    मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरण विना प्रदेश अथवा देशको समृद्धि को परिकल्पना समेत गर्न नसकिने बताए ।



    प्रदेश सरकारले उद्योगहरुको लागी विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानून को आभावमा कार्यान्वयन गर्न समस्या भै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब शुरू गर्न संघीय सरकार संग मांग समेत गरे ।



    सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेश प्रदेशका युवाहरुलाई उचित तालिम को ब्यवस्था गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीहरुलाई आग्रह समेत गरे ।

    उद्योग धन्धाहरुको स्थापना देखी संचालन सम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणाली मार्फत अघि वढेको स्मरण गराउदै मुख्य मन्त्री राउतले प्रदेश सरकारले हिजो मात्र विरंगंजमा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।

    सम्मेलनमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गरे ।

    औद्योगिक विकासका लागी प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरु बारे जानकारी गराउदै उनले प्रदेशको आर्थिक समृद्धि र विकासका लागी निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

    सम्मेलनमा उद्योग पर्यटन तथा बनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्याहरुको समाधान को बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

    सम्मेलनको उद्घाटन सत्रमा नेपालका लागी वेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल, मधेश प्रदेश संयोजक नरेश दास सहितले आ–आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

    सम्मेलनमा प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकाका प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका सचिवहरु लगायत प्रदेश स्थित करिब एक सय जना उद्योगीहरुको सहभागिता रहेको छ ।

    नेपाल उद्योग परिसंघ, स्वदेशी, शिप परियोजना र युके एड को सहयोगमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेश सरकारले प्रदेशको आर्थिक विकासमा योगदान दिने २३ उद्योगहरुलाई यश अघि पुस्कृत समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार