Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मधेस प्रदेशका मुख्यमन्त्री राउत राजीनामा दिने तयारीमा

    मधेस प्रदेशका मुख्यमन्त्री राउत राजीनामा दिने तयारीमा

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 975
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् ।

    मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा माग गरेका हुन् । राउत यादवकै दल जसपाका नेता हुन् ।



    भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् ।



    जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ । आजै वा भोलिसम्मा राजीनामा दिने तयारीमा मुख्यमन्त्री राउत रहेको रहेको स्रोतले बतायो ।

    मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको बुझिएको छ। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार