Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

    प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.1K
    SHARES

    जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन्। बुधबार उनले विश्वासको मत मागेका थिए।

    मुख्यमन्त्री राउतको पक्षमा ७७ र विपक्षमा २३ मत परेको छ। प्रदेशसभा बैठकमा सय जना उपस्थित भएका थिए।



    मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्ताव पेश गरेका थिए।



    प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन्। जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ। लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार