Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १०८ जना पक्राउ

    जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १०८ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1K
    SHARES

    जनकपुरधाम । जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियान समितिको नेतृत्वमा भएको प्रदर्शनका प्रदर्शनकारी र प्रहरबीच झडप भएको छ ।

    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे तथा वनजंगल संरक्षण अभियानी (सुकुम्बासी) र प्रहरीबीच झडप भएको हो।



    बिहीबार प्रर्दशनकारीहरू मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।



    प्रहरीको हस्तक्षेपछि झडपको स्थिति सिर्जना भएको हो । मधेस भवन प्रर्दशन तथा आन्दोलन निषेध क्षेत्र हो । तर, प्रर्दशनकारीहरूले आफूहरूका मागप्रति सरकार गम्भीर नबनेको भन्दै मधेस भवनमा प्रवेश गर्न खोज्दा झडप भएको हो ।

    १०८ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार