Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • हङकङमा कोरोना प्रतिबन्ध खुकुलो, अब तीन दिन मात्रै क्वारेन्टिनमा बस्नु पर्ने

    हङकङमा कोरोना प्रतिबन्ध खुकुलो, अब तीन दिन मात्रै क्वारेन्टिनमा बस्नु पर्ने

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । हङकङमा बाहिरबाट आउने नागरिकका लागि होटल क्वारेन्टिनको अवधी घटाइने भएको छ ।

    सोमबार हङकङ प्रमुख जोन ली का चिउले होटल क्वारेन्टिनको अवधी तीन दिनमा झारिएको घोषणा गरेका हुन् ।



    यसअघि पाँच दिन क्वारेन्टिन र दुई दिन होम आइसोलेसन बस्नुपर्ने हुन्थ्यो । गत साता नै क्वारेन्टिन घटाउने घोषणा गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा रद्द भएको थियो ।



    अब बाँकी ४ दिन भने मेडिकल निरीक्षणसहितको होम आइसोलेसनमा बस्नुपर्ने छ । शुक्रबारबाट कार्यान्वयनमा आउने नयाँ नियमअनुसार होम आइलेसनमा बसेको बेला सीमित गतिविधिको लागि मात्र अनुमति दिइएको छ ।

    जसअनुसार कोरोना खोपको पास अनिवार्य नभएका स्थानमा मात्र उनीहरुले भ्रमण गर्न पाउनेछन्। हङकङ सरकारले कोभिड–१९ महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउदै लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार