Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा

    हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.3K
    SHARES

    हङकङ । हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण सहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् । सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।

    विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।”



    अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा सुरु भएको थियो । मध्यरातसम्म सहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।



    शुक्रबार अपराह्न अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चारजनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

    पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ । तर, अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

    “मलाई याद छैन कि हाम्रो जिल्लामा बाढी यति खराब भएको थियो,” आफ्ना वृद्ध आमाबाबुसँग वोङ ताई सिन जिल्लामा बस्दै आएका ५२ वर्षीय ज्याकीले भने ।

    अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् । आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन् ।

    “नदीको नजिक बस्ने बासिन्दाहरूले मौसमको अवस्थाप्रति सतर्क रहनुपर्दछ । र, यदि उनीहरूको घरहरू बाढीमा डुबेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा सार्न विचार गर्नुपर्छ,” हङकङको मौसम विज्ञान कार्यालयले भनेको छ ।

    कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ । बढी र डुवानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार