Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सत्ता गठबन्धन : सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला

    सत्ता गठबन्धन : सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका कृष्ण सिटौला चयन भएका छन् ।

    सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए ।



    कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।



    सञ्चारमन्त्री कार्कीमा अनुसार कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार