Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ताइवाननजिकै चीनले थाल्यो अर्को सैन्य अभ्यास

    ताइवाननजिकै चीनले थाल्यो अर्को सैन्य अभ्यास

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 891
    SHARES

    एजेन्सी । चिनियाँ सेनाले ताइवाननजिकै आफ्नो सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार उक्त क्षेत्रको सैन्य अभ्यास अन्त्य हुने चीनले बताएको थियो ।

    तर चिनियाँ सेनाका पूर्वी थिएटर कमाण्डले पनडुब्बी आक्रमणबाट बच्न र समुद्रमा छापा मार्ने अभ्यास भइरहेको बताए ।



    अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै चीनले ताइवाननजिकैको क्षेत्रमा आफ्नो सैन्य अभ्यास सुरु गरेको हो।



    ताइवानले भने सैन्य अभ्यासको बहानामा चीनले अतिक्रमणको प्रयास गरिरहेको आरोप लगाएको छ। अभ्यासको क्रममा धेरैपटक चीनको लडाकु विमान आफ्नो क्षेत्रमा छिरेको ताइवानको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार